ग्लोबल टिभि
आइतवार, अशोज ३, २०७८
0
नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।
सातौँ संविधान दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको सरकारका विरुद्ध भूमिका खेल्ने व्यक्तिहरूले पदक पाएको दाबी गरे । उनले तत्कालीन सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानून व्यवसायी र मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा बसेकाहरूले पदक पाएको बताए । उनले तुरुन्तै पदक अस्वीकार गरेको घोषणा गर्न आग्रह गरे ।
नेता नेम्वाङले केन्द्र तथा प्रदेश सरकारमा समेत सहभागी भएर संसदमा पनि सबै प्रक्रियामा सहभागी भएका राजनीतिक दलहरुलेसंविधान दिवस नमनाउने भन्ने कुरा नसुहाउँदे भएको बताए ।
Post Views: 850
Leave a Reply