ग्लोबल टिभि
आइतवार, अशोज ३, २०७८
0
आगामी असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटा प्रस्तावमाथि नेकपा एमालेको स्थायी कमिटी बैठकमा छलफल सुरु भएको छ ।
बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
तीनवटै प्रस्तावको स्थायी कमिटी सदस्यले अध्ययन गरेर सुझाव दिने क्रम सुरु भएको छ । बैठकमा अमृतकुमार बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्ना विचार राखेका थिए ।
अर्को बैठक सोमबार एक बजे बस्नेछ ।
Post Views: 935
Leave a Reply