एमाले स्थायी कमिटी बैठकमा विधान संशोधन प्रस्ताव :अध्यक्ष ओलीलाई फेरि प्रधानमन्त्री हुन अङ्कुश

 ग्लोबल टिभि      आइतवार, अशोज ३, २०७८      0

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएको छ ।

आज शुरु भएको पार्टीको स्थायी कमिटीमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था गरिएको हो ।

यस्तै अध्यक्षसहितका सबै पदाधिकारी प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको छ ।बैठकमा संगठन विभागले प्रस्ताव गरेको विधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको हो ।

यसअघि अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय सदस्यहरुबाट अध्यक्षले मनोनित गर्ने प्रस्ताव गरिएको थियो । त्यसैगरी कार्यकारी पदमा निर्वाचित हुन७० वर्षे उमेरहदको व्यवस्था कायम राखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *