एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

 ग्लोबल टिभि      सोमवार, अशोज ४, २०७८      0

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न आइतबारदेखि जारी बैठक आज पनि बस्न लागेको हो। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा हिजो भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेश भई छलफल सुरु भएको र आज दिउँसो १ बजे बस्ने एमालेले जनाएको छ ।

आइतबारको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा पुष्प कँडेलले भाग लिनुभएको थियो । एमालेले यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन तय गरेको छ। त्यसका लागि तयार भएको विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो ।

विधानमा पार्टीको प्रमुख पदमा उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको जनाइएको छ। प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा यही असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जनाइएको छ। एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म हुने छ । एमालेले राष्ट्रिय महाधिवेशन पूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिका स्तरका अधिवेशनको कार्यतालिका बनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *