कांग्रेसले भन्यो : तत्काल संसद बैठक बोलाऊ

 ग्लोबल टिभि      बुधबार, पुस १, २०७७      0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय र प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीले सरकारले संवैधानिक परिषद्को गरिमालाई गिराउने गरी अध्यादेश ल्याएको भन्दै संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय र प्रस्ताव स्वीकार नगर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अध्यादेश ल्याउने सरकारको कदम अलोकतान्त्रिक सर्वसत्तावादी रहेको ठहर गर्दै कांग्रेसले अध्यादेश तुरुन्त फिर्ता गर्न माग पनि गरेको छ ।
बैठकले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

विशेष अधिवेशन बोलाएमा दुई–तीन दिन विशेष विषयमा छलफल गरेपछि ६ महिनासम्म संसद् बन्द गर्न सरकारलाई सुविधा प्राप्त हुने भएकाले हिउँदे अधिवेशन मात्र माग गरिएको उनले बताए । पदाधिकारी बैठकले संसदीय दल कार्यसमितिको बैठक समेत बोलाइएको छ । बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षा गर्दै प्रदर्शनलाई सफल बनाउन सहयोग गर्ने सवैप्रति आभार व्यक्त गरेको छ ।

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *