बूढीगण्डकी जलविद्युत् आयोजनाको काममा ढिलो हुनु लज्जास्पद हो : डा. भट्टराई

 ग्लोबल टिभि      सोमवार, अशोज ४, २०७८      0

जनता समाजवादी पार्टी, संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन्।

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौँको माइतीघरमा गरेको धर्नामा ऐक्यबद्धता जनाउँदै अध्यक्ष भट्टराईले सात वर्षभित्र बनिसक्नुपर्ने आयोजना आठ वर्ष बितिसक्दा पनि पूरानहुनु बिडम्बनापूर्ण भएको बताएका हुन् ।

उनले आफू प्रधानमन्त्री हुँदा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा पारी काम शुरु गरे पनि बिचौलियाका कारण हालसम्म पूरा नभएको बताए । उनले प्रभावितले उठाएको मुआब्जा लगायत समस्या समाधान गर्नसरकारसँग माग गरे।

बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना प्रभावितले राखेको विभिन्न माग पूरा गर्न सरकार जिम्मेवार नभएको भन्दै दबाबमूलक धर्ना शुरु गरेका हुन् । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले माग पूरा नभएसशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *