अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन एक साता पछि

 ग्लोबल टिभि      मङ्लबार, अशोज ५, २०७८      0

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन एक साता पछि सरेको छ ।

यही असोज ८, ९ र १० गतेका लागि तय गरिएको सम्मेलन असोज १४, १५, १६ गते हुने नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार तयारी अपुग भएका कारण सम्मेलन सारिएको हो ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बसेको बैठकले सम्मेलनको नयाँ मिति तय गरेको हो । राष्ट्रिय सम्मेलनको तयारीबारे अखिल क्रान्तिकारीका नेताहरूको टोलीले मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल पनि गरेको छ ।

छलफलको क्रममा नेताहरुले हालसम्मको तयारीबारे प्रचण्डलाई जानकारी गराएका थिए । सो क्रममा प्रचण्डले सर्वसहमतिमा राष्ट्रिय सम्मेलनबाटै नयाँ नेतृत्व चुन्न सुझाव दिएका थिए । छलफलमा माओवादी केन्द्रका नेता एवम् विद्यार्थी फाँट हेर्ने फ्याक्सन इञ्चार्ज हितमान शाक्य समेत सहभागी थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *