ग्लोबल टिभि
मङ्लबार, अशोज ५, २०७८
0
नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन १४औँ महाधिवेशनको ठूलो भूमिका रहने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ४ र ५ को १४औँ वडा अधिवेशनको उद्घाटन गर्दै डा.महतले यस्तो बताएका हुन्। उनले संगठन निर्माणमा क्रियाशील सदस्यको ठूलो भूमिका रहने बताए ।
कार्यकर्तालाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गर्दै पार्टीलाई जनतासंग जोड्ने प्रयास गर्न उनले आग्रह गरेका छन् ।
यस पटकको महाधिवेशन ब्यापक सहभागितामूलक र पारदर्शी ढंगलमा भैरहेको उनले बताएका छन् ।सह–महामन्त्री डा. महतले नेतृत्व चयनमा सहमति सर्वोत्तम हुने बताएका छन् । उनले सहमति भएन भने प्रजातान्त्रिक तरिकाले मतदानबाट निर्णय गर्नु उचित हुने बताएका छन् ।
Post Views: 718
Leave a Reply