साढे २ महिना हुदाँ पनि मन्त्रिपरिषद् विस्तार नहुनु लज्जाको विषय हो : एमाले अध्यक्ष ओली

 ग्लोबल टिभि      मङ्लबार, अशोज ५, २०७८      0

नेकपा एमालेका अध्यक्ष केपी ओलीले साढे महिना हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार नहुनु लज्जाको विषय भएको बताए ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा एमालेका अध्यक्ष ओलीले सत्ता गठबन्धन दललाई २५ मन्त्रीको टुंगो लगाउन हम्मे परेको बताए । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिदैँ त्यता नहेर्न आग्रह गर्नुभयो । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उहाँको आरोप छ ।

अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजीवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरे । सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तक श्वेत शार्दुल सार्वजनिक गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *