ग्लोबल टिभि
मङ्लबार, अशोज ५, २०७८
0
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई कारवाही गर्न जाँचबुझ समितिले सिफारिस गरेको छ ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा बोर्ड अध्यक्ष भएकै बेला छोरी रेविका ढंगानाको नाममा १० हजार शेयर खरिद गरेको पाइएको र उक्त कार्य पदीय आचारणविरुद्ध भएको समितिको निष्कर्ष छ ।
ढुंगानाले कानूनविपरीत बुक बिल्डिङका क्रममा रहेको सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएपछि सरकारले २०७८ भदौ १६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।
Post Views: 529
Leave a Reply