ग्लोबल टिभि
मङ्लबार, अशोज ५, २०७८
0
काठमाडौँ : सत्ता गठबन्धनका शीर्ष नेताबीच आज मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल भएको छ ।
मंगलवार साँझ बालुवाटारमा बसेको बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको पनि उपस्थिति थियो ।
यसअघि आज दिउँसो मात्र देउवा र दाहालबीच छलफल भएको थियो । देउवा नेतृत्वमा सरकार गठन भएको ७० दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकै कारण गठबन्धन सरकारको आलोचना भइरहेको छ ।
Post Views: 838
Leave a Reply