कांग्रेसको पदाधिकारी बैठक बस्दै,सरकारमा सहभागी हुने मन्त्री छनोट मुख्य एजेण्डा

 ग्लोबल टिभि      बुधबार, अशोज ६, २०७८      0

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा तय भएको छ।

सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको देउवाको नीजि सचिवालयले जनाएको छ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो ।

परराष्ट्रिय मन्त्री नेता डा. नारायण खड्कालाई बनाउने तयारी प्रधानमन्त्री देउवाले गरेका छन्।

स्रोतका अनुसार आजै खड्कालाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए ।

कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् ।
यस्तै १० साउनमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *