ग्लोबल टिभि
बिहिबार, पुस २, २०७७
0
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यादेश फिर्ता लिने सहमति गरेका थिए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।
तर बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट आएको छैन । प्रधानमन्त्री ओलीले बिहीबार नै संवैधानिक बैठक बोलाएका छन् । विपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकका लागि बोलाइएको उनी निकट स्रोतले बताएको छ । बैठक किन बोलाइएको भन्ने खुलेको छैन । यसअघि जस्तो औपचारिक पत्र पठाउनुको साटो टेलिफोनबाटै बैठकको सूचना दिइएको छ ।
तर कांग्रेस सभापति देउवा भने नजाने भएका उनीनिकट स्रोतले जनाएको छ ।
Post Views: 600
Leave a Reply