ललिता निवास प्रकरण : अख्तियारले प्रतिशोधको रुपमा झुट्टा मुद्दा लगाएको उपसभापति गच्छदारको भनाई

 ग्लोबल टिभि      बुधबार, अशोज ६, २०७८      0

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूले कुनै पनि भ्रष्टाचारजन्य काम नगरेको बताएका छन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुट्टा मुद्दा लगाएको बताए । उनले आफूविरुद्ध तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेको पनि आरोप लगाए ।

पत्रकार सम्मेलनमा सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको र उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत निर्णय भएको बताए ।

उनले ललिता निवास प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै त्यसक्रममा मुद्दा चलाउँदा निष्पक्ष नभएको समेत बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *