सत्ता साझेरुढ गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक बस्दै

 ग्लोबल टिभि      बुधबार, अशोज ६, २०७८      0

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेरुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बोलाइएको हो । आजको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने स्रोतले बताएको छ । हिजो साँझ बसेको गठबन्धनको बैठकले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।

गत २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाको मन्त्रिपरिषद् ६ सदस्यीय मात्र रहेको छ । १६ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले सम्हालेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *