नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लाहरुमा यसअघिकै कार्यतालिका अनुसार यही असोज ९ गते नै स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको छ ।
पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रका शर्माले जानकारी दिए ।
बुधबार सिंहदरवारमा बसेको पदाधिकारी बैठकले दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको हो ।यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचत गर्ने तालिका थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दशैँपछि हुनेछन् । असोज ९ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने र ९ गते नै तोकिएका ठाउँमा गाउँ तथा नगर अधिवेशन गर्न सकिने निर्णय गरिएको छ ।।
७५३ वटै स्थानीय तहको अधिवेशन एकैदिन गर्ने भनिएकोमा अब त्यस्तो नहुने भएको छ ।
Leave a Reply