ग्लोबल टिभि
बुधबार, अशोज ६, २०७८
0
सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मन्त्रालयको भागबण्डा र मन्त्रिमण्डल विस्तारबारे छलफल गर्ने एजेण्डा छ।
मंगलबार बसेको गठबन्धन दलको बैठकले परराष्ट्रमन्त्रीमा नारायण खड्काको नाममा सहमति जुटाएको थियो। सरकार बनेको लामो समय हुँदासम्म पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको भन्दै आलोचना भइरहेको छ। आजको बैठकबाट मन्त्रालयको बाँडफाँड टुंगो लाग्ने बताइएको छ।
Post Views: 796
Leave a Reply