सत्तारुढ गठबन्धन दलको बैठक आज पनि बस्दै

 ग्लोबल टिभि      बिहिबार, अशोज ७, २०७८      0

मन्त्रीको भागबण्डा मिलाउने प्रयासमा सत्तारुढ गठबन्धन दलको बैठक आज पनि बस्दैछ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे गठबन्धनको बैठकले मन्त्रीको भागबण्डा मिलाउन नसकेपछि आज पुनः बस्ने बताइएको छ । कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको हो।

सरकार गठन भएको साढे दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन्। यसअघि पनि गठबन्धन दलको बैठक पटक पटक बसे पनि दलबीच मन्त्रालयको बाँडफाँट हुन सकेको छैन।

गठबन्धन दलले मन्त्रालयको भागबण्डा टुंगो लगाई मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। बुधबारको बैठकमा प्रधानमन्त्री देउवा , सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *