राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी

 ग्लोबल टिभि      बिहिबार, अशोज ७, २०७८      0

सरकारले आज राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ।

दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभा बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक पेस गर्ने सरकारको तयारी रहेको बताइएको छ । प्रतिस्थापन विधेयक पास भएपछि सरकारले केहि समय अघि ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज हुनेछ ।

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य अथवा सांसदले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरेको थियो। सोही व्यवस्थाअनुसार नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका छन् ।

सरकारले गत भदौ २ गते जारी भएको अध्यादेश भदौ २३ गते प्रतिनिधि सभामा पेस गरेको थियो। संविधानअनुसार यसरी जारी भएको अध्यादेश संसदमा पेस भएको ६० दिनसम्म लागू रहन्छ। ६० दिन भने कार्तिक २१ गते मात्र पुग्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *