ग्लोबल टिभि
बिहिबार, अशोज ७, २०७८
0
राष्ट्रियसभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ ।
आज बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो ।बजेट पारित भएसँगै राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ ।
विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई आजैबाट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।
Post Views: 506
Leave a Reply