ग्लोबल टिभि
0
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। समाचार संस्था एएफपीका अनुसार बिहीबार राष्ट्रपति म्याक्रोनमा कोरोना संक्रमण पुष्टि भएको हो।
बिहीबार फ्रान्सको राष्ट्रपति कार्यालय एलिसी दरबारले विज्ञप्ति जारी गर्दै उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो। राष्ट्रपति म्याक्रोनमा संक्रमणको लक्षण देखिएपछि उनले स्वाब परीक्षण गराएको उक्त विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, उनी कम्तिमा पनि सात दिन आइसोलेसनमा बस्ने छन्।
Post Views: 1,121
Leave a Reply