माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनाव लडन तयार छु : नेता रामबहादुर थापा

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज ८, २०७८      0

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता रामबहादुर थापाले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताए ।

चितवनको भरतपुरस्थित विमानस्थलमा नेता थापालेपुष्पकमल दाहाल पार्टी लाइन छाडेर राष्ट्रियता, लोकतन्त्र रसमृद्धि विरोधी कित्तामा लागेको आरोप लगाए । उनले आगामी चुनावमा एउटै मैदानमा लड्न तयार रहेको प्रतिक्रिया दिए ।

नेता थापाले उनले सभामुख अग्निप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गरेकोस्पष्ट पारे । उनले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *