काँग्रेसमा सभापतिका आकांक्षी तीन नेताबीच भेट, के भयो कुराकानी ?

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज ८, २०७८      0

काठमाडौँ : नेपाली काँग्रेसमा सभापतिका आकांक्षी नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।

महामन्त्री शशांक कोइरालाको निवासमा शुक्रबार साँझ भएको भेटमा नेतात्रयबीच महाधिवेशनमा सहमतिमै उम्मेदवारी दिने विषयमा छलफल भएको छ ।

सिंह, निधि र कोइरालाबीच आसन्न महाधिवेशनमा सभापतिका अन्य आकांक्षीसँग छलफल गरेर सहमतिमा नेतृत्व चयन गर्नेलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ ।

यसैगरी निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने विषयमा पनि छलफल भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *