ग्लोबल टिभि
शुक्रबार, पुस ३, २०७७
0
काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
खरिद पक्रिया नियमसंगत नभएको टुंगोमा समिति पुगेको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
समितिको शुक्रबारको बैठकले स्वास्थ्य खरिद प्रक्रिया नियमसंगत नभएको ठहर गरेको छ । समितिका सचिव रोजनाथ पाण्डेले भने, ‘खरिद प्रक्रिया नियमसंगत नभएकाले यसमा जो संलग्न हुनुहुन्छ, उहाँहरु दोषी करार गर्ने अवस्था सिर्जना भएकाले कोको दोषी हुनुहुन्छ ? ककसले अनियमितता गर्नु भएको छ ? त्यो पहिचान गरेर कानुनी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्देशन भएको छ ।’
Post Views: 2,058
Leave a Reply