प्रचण्डको सहयोग माग्न ओली पुगे खुमलटार

 ग्लोवल टि.भी.      शनिबार, पुस ४, २०७७      0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली आज बिहान खुमलटार पुगेका हुन् ।

पार्टी विवाद चर्किएको बेला प्रधानमन्त्री ओली आफैं प्रचण्डलाई भेट्न गएका हुन् । प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीलाई पद त्याग्न दबाब दिँदै आएका बेला प्रचण्डलाई भेट्न प्रधानमन्त्री खुमलटार गएका हुन् । प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *