पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको छापा

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज १२, २०७८      0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको कालिकामाई गाउँपालिकामा छापामारेको छ ।

गाउँपालिका कार्यालयविरुद्धमा परेका विभिन्न उजुरीको आधारमा अख्तियारले कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिनुको साथै विभिन्न वडामा सञ्चालन भएका कामहरुको स्थलगत अवलोकन समेत गरेको आयोगले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *