ग्लोबल टिभि
0
काठमाण्डौं । संसदका विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी बीच तत्काल संसद बैठक बोलाउन माग गर्ने सहमति भएको छ ।
कांग्रैस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस र जसपाका शीर्ष नेताहरुको छलफलमा यस्तो सहमति भएको जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईका सहयोगी बिश्वदीप पाण्डेले जानकारी दिए ।
छलफलका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरु बाबुराम भट्टराई र राजेन्द्र महत्तो बूढानीलकण्ठ पुगेका थिए । कांग्रेसका तर्फबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।
भेटमा कांग्रेस र जसपाले एक ढिक्का भएर आउने अधिवेशनमा सरकारका गलत क्रियाकलापका विरुद्ध प्रतिरक्षा गर्ने निर्णय भएको बताइएको छ ।
Post Views: 1,831
Leave a Reply