राप्रपाले पुष १७ गते काठमाण्डौंमा प्रर्दशन गर्ने

 ग्लोवल टि.भी.      शनिबार, पुस ४, २०७७      0

काठमाण्डौं । राष्ट्रिय प्रजान्त्र पार्टीले यहि पुष १७ गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ ।
यअध्यक्ष त्रयको उपस्थितिमा आज उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलाले प्रर्दशनको तय गरेको हो ।
भेलालाई सम्बोधन गर्दै नेताहरुले सरकारको चौतर्फी असफलताले सडक प्रदर्शन अपरिहार्य भएको बताएका थिए ।
उक्त प्रदर्शन सफल बनाउने उपत्यकाका नेताहरूले संकल्प पनि गरेका थिए । भेलामा अध्यक्ष कमल थापा, पशुपति शम्सेर राणा, डा प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्दे सरकार चौतर्फी असफल भएकोले सडक मार्फत खवरदारी गर्न जरुरी रहेको बताएका थिए ।
राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापनाको माग गर्दै आन्दोलनमा जान नेता बुद्धिमान तामाङको नेतृत्वमा संघर्ष समिति गठन गरेको छ । भेलाले आन्दोलनको नेतृत्वका लागि नेता तामाङलाई जिम्मेवारी सुम्पिएको हो ।

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *