सर्वोच्च वारमा बृहत लोकतान्त्रिक समूहका शाक्य बिजयी

 ग्लोबल टिभि      आइतवार, पुस ५, २०७७      0

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि शनिबार सम्पन्न मतदानको परिणाम सार्वजनिक भएको छ । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी र जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् ।

प्रगतिशील समूहका वरिष्ठ अविधक्ता रविनारायण खनाललाई २५० मतका विरुद्ध २९५ मत हासिल गर्दै शाक्य विजयी बनेका हुन् । बारको उपाध्यक्षमा प्रगतिशील समूहका मुकुन्दप्रसाद पौडेल विजयी बनेका छन् । प्रतिष्पर्धी नमराज रिजाललाई २५४ मतका विरुद्ध २८४ मत लाई पौडेल विजयी बनेका हुन् ।

यस्तै, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा प्रजातान्त्रिक समूहका क्रमशः ऋषिराम घिमिरे, शर्मिला श्रेष्ठ र विनोदकुमार कार्की विजयी बनेका छन् । महिला सदस्यमा पनि प्रजातान्त्रिक समूहकी अमिता गौतम पौडेल विजयी बनेकी छन् भने कार्यसमितिका अन्य सदस्यहरूमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, , मिराज श्रेष्ठ, डा. रामहरि त्रिपाठी र निर्मला भण्डारी निर्वाचित भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *