ग्लोबल टिभि
आइतवार, पुस ५, २०७७
0
काठमाण्डौं । सरकारले हठात् संसद बिघटनको निर्णय लिएपछि संविधान विदहरुले यो घटना संबैधानिक कू भएको बताएका छन् ।
उनीहरुले संविधान अनुसार संसद बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको पनि बताएका छन् ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरे लगत्तै थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीको कदमलाई संविधानमाथिको कू भनेका छन्।
‘ओलीले संवैधानिक राजनीतिक व्यवस्थालाई अन्त्य गर्न खोज्या देखियो। यो अनिष्ट जस्तो लाग्छ,संवैधानिक र राजनीतिक व्यवस्थाका लागि,’ उनले भने, ‘संविधानले यो अपेक्षा गरेको छैन। ओलीले जे गरे त्यो सम्पूर्ण रूपमा असंवैधानिक कदम हो।यो संविधान माथिकै कू हो।’
Post Views: 1,168
Leave a Reply