संसद बिघटनको सिफारिश शासन प्रणालीमाथिको गम्भीर बज्रपात : पत्रकार महासंघ

 ग्लोवल टि.भी.      आइतवार, पुस ५, २०७७      0

नेपाल पत्रकार महासंघले संसद बिघटनको सिफारिश संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि गम्भीर बज्रपात भएको जनाएको छ ।
महासंघका महासचिव रमेश बिष्टले बिज्ञप्ति जारी गरि सरकारद्वारा मंसिर ३० गते जारी संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशको सर्वत्र विरोध र दबाब भैरहेको अवस्थामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान २०७२ र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि गम्भीर बज्रपात हुन पुगेको जनाएका छन् ।

उनले बिज्ञप्तिमा ‘प्रधानमन्त्री ओलीको यो कदम २०६२÷०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको संवैधानिक व्यवस्थाविरुद्ध भएको नेपाल पत्रकार महासंघको ठहर ’ रहेको उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *