ग्लोबल टिभि
0
काठमाण्डौं । एकलौटी ढंगले संसद बिघटनको सिफारिश गरेपछि घेरााबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाले अनुशासनको कारवाही गर्ने तयारी गरेको छ ।
हठात संसद बिघटनको सिफारिश गरेपछि आफ्नै पार्टी एवं विपक्षी , संविधानविद्, नागरिक समाजबाट चर्को बिरोध आइरहेका बेला पार्टीले अनुशासनको कारवाही गर्ने तयारी गरेको हो ।
पार्टी श्रोतका अनुसार शीर्ष तहमा छलफल भई स्थायी कमिटि बैठकबाट ओलीलाई अनुशासनको कारवाही गर्ने तयारी छ ।
स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
Post Views: 1,279
Leave a Reply