आज मन्त्रिमण्डल विस्तार नहुने

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज १९, २०७८      0

मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । चार जना शीर्ष नेताहरु छलफलमा मन्त्रिपरिषद विस्तार नहुने भएको एक सदस्यले बताए ।

गठबन्धनमा पहिला भएको सहमति अनुसार ६, ६ वटा मन्त्रालय भागबण्डा गर्ने भनेपनि पछिल्लो समय सांसद संख्याको आधारमा मन्त्रालय र मन्त्री भाग लगाउने काँग्रेस र माओवादी केन्द्रका नेताहरुको प्रस्तावमा नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरु सहमतिबाट पछि हट्न नहुने बताइरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *