अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) जारी

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज १९, २०७८      0

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बलाएको सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) जारी रहेको छ ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक जारी रहेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारीे दिए । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा आफ्नो कोटाबाट पनि मन्त्री बनाउनुपर्ने माग राखेको कुरा चर्चा छ । तर, सर्वोच्च अदालतले सोमबार नै विज्ञप्ति जारी गरेर खण्डन गरिसकेको छ ।

बैठकमा दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने बताइएको छ । सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुने गरेको छ । तर, बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन ।

यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास चल्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *