संसद विघटन विरुद्ध नेकपाकै युवा विद्याथीद्दारा प्रर्दशन

 ग्लोवल टि.भी.      आइतवार, पुस ५, २०७७      0

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गर्न गरेको सिफारिस विरुद्ध पोखरामा नेकपाकै युवा विद्यार्थीहरुले आन्दोलन गरेका छन्।

नेकपाको भ्रातृ संस्था अनेरास्ववियु र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले आइतबार पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्।

पुत्ला जलाएपछि आयोजित विरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले प्रधानमन्त्री ओलीले आन्दोलनको आँधी सामना गर्न तयार हुनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटन प्रस्ताव संवैधानिक ‘कू’ भएको उनले बताए। विगतमा आन्दोलनकै बलबाट राजा महाराजा फालेको भन्दै उनले ओलीलाई पनि आन्दोलनबाटै फाल्ने चेतावनी दिए।

यस्तै, नेकपाका प्रचण्ड–नेपाल पक्षका विद्यार्थी र समाजवादी विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पस गेटमा पनि प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *