ग्लोवल टि.भी.
सोमवार, कार्तिक ३, २०७७
0

काठमाण्डौं । चौतर्फी आलोचना भएपछि नेपाली कांग्रेसका सांसदहरुले दशैं भत्ता नलिने भएका छन् ।
सभापति शेरबहादुर देउवाले सबै सांसदहरुलाई दशैं भक्ता नलिन निर्देशन दिएको कांग्रैसले जनाएको छ ।
पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।त्यसका लागि संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए ।दसैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको खाणले जानकारी दिए । दसैं भत्ताको चौतर्फी विरोध भएपछि प्रमुख सचेतक खाण, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दसैंभत्ता फिर्ताको घोषणा गरेका थिए । सामाजिक सञ्जालमा पनि सांसदहरुले भत्ता लिएको भन्दै आलोचना भएको छ ।

Leave a Reply