ग्लोबल टिभि
0
काठमाण्डौं । अध्यादेश मार्फत सच्याइएको नियमावली अनुसार संबैधानिक परिषद्ले सिफारिश गरेका ब्यक्तिहरुको नाम संसद सचिवालयमा पुगेको छ ।
निर्णय भएपनि केहि दिन गोप्य राखिएको नाम आज प्रतिनिधि सभा बिघटन भए लगत्तै संसद सचिवालयमा पठाइएको हो ।
संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिस भएका ४५ जनाको नाम संसद सचिवालयमा पुगेको हो । संसदीय सुनुवाईका लागि उनीहरुको नाम पठाइएको हो ।
स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईको नाम सिफारिस भएको छ । त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा मिनवहादुर रायमाझीको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।
प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा यसको सर्वोच्च अदालतबाट संवैधानिक निरुपण नभएसम्म सुनुवाई हुँदैन । ४५ दिनभित्र सुनुवाई नभए स्वतःः नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
Post Views: 1,437
Leave a Reply