ग्लोबल टिभि
0
दोलखा । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङलाई गृह जिल्ला दोलखामा आफ्नै पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।
जिल्लाको कालिन्चोक गाँऊपालिका सिंगटीमा मन्त्री गुरुङले कालोझण्डाको सामना गर्नुपरेको हो ।
सरकारले हठात प्रतिनिधिसभा बिघटन गरेको भन्दै आक्रोशित कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।
उनी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् ।
बिभिन्न कार्यक्रमको सन्दर्भमा मन्त्री गुरुङ केहि दिन देखि दोलखामा छन् ।
उनी दोलखाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
Post Views: 1,688
Leave a Reply