ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपा स्थायी कमिटिको निर्णय

पूर्व सभामुख महरा स्थायी कमिटी सदस्यमा मनोनयन

 ग्लोबल टिभि      आइतवार, पुस ५, २०७७      0

काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह बसेको स्थायी कमिटीको बैठकले अनुशासनको कारबाहीको प्रस्ताव केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले सरकारको संसद विघटनको कदमको विरोध गरेको छ ।

बैठकले सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको उनले बताए । सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नु पनि असंवैधानिक भएको निष्कर्ष बैठकले गरेको उनले बताए । बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *