ग्लोबल टिभि
0
एजेन्सी- अमेरिकाले ताइवानमाथि चीनको थिचोमिचो बढ्दै गए आफूहरुले पनि सैन्य कदम चाल्न बाध्य हुनुपर्ने दिन आउन सक्ने चेतावनी दिएको छ ।
अमेरिकाले ताइवानको आकाश र आसपासको समुद्री क्षेत्रमा बढ्दो चीनको सैन्य प्रभावलाई लिएर चासो व्यक्त गरेको हो ।
चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाइरहेको छ ।
चीनले भने ताइवानलाई बृहत् चिनको एक महत्त्वपूर्ण अङ्ग मान्दै आएको छ तर ताइवानले आफूलाई स्वतन्त्र देश बताउँदै आएको छ ।
विश्वका १५ देशले मात्र ताइवानलाई स्वतन्त्र राष्ट्र मान्छ भने अरु देशहरुले ताइवानलाई चीनको एउटा प्रान्तका रुपमा मान्दै आएका छन् ।
चीन र ताइवानबीच सन् १९४९ देखि विवाद चल्दै आएको छ ।
Post Views: 1,333
Leave a Reply