अफगानिस्तान कब्जापछि अमेरिका र तालिबानबीच वार्ता हुँदै

 ग्लोवल टि.भी.      शनिबार, अशोज २३, २०७८      0

एजेन्सी- अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्ने भएको छ ।

गएको अगष्टमा विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले सबै सैनिक फिर्ता गरिसकेको छ भने तालिबानसँग औपचारिक सम्पर्कमा थिएन ।

दोहामा तालिबानका वरिष्ठ अधिकारीसँगको वार्तामा महिला र बालिकासहित सबै अफगानिहरुको अधिकारको सम्मान गर्न र व्यापक समर्थन सहित समावेशी सरकार गठन गर्न दबाब दिन अमेरिका तयार छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अफगानिस्तानले गम्भीर आर्थिक सङ्कुचन र मानवीय सङ्कटको सामना गरिरहेको र तालिबानलाई मानवअधिकारको रक्षाको लागि दबाब दिन तयार रहेको बताएका छन् ।

तालिबानसँगको वार्तामा अमेरिकाले अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई देश छाड्न दिने विषयलाई मुख्य प्राथमिकता दिनेछ । अमेरिकाले अहिले नै अफगानिस्तानमा तालिबान शासनलाई मान्यता दिन नसकिने स्पष्ट पारेको छ ।

अमेरिका र तालिबानबीच आज र भोलि कतारको राजधानी दोहामा वार्तामा हुने तय भएको समाचार संस्था एएफपीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *