राष्ट्र र जनता विरोधी कार्यले नेकपा पार्टीको एकतालाई कुनै पनि तात्विक असर र्पदैन : प्रचण्ड

 ग्लोबल टिभि      सोमवार, पुस ६, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कुनै एक व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले नेकपा पार्टीको एकतालाई कुनै पनि तात्विक असर नपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओलीले चालेका कदमविरुद्ध सबै दल एक हुन पनि अपिल गरेका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले संसद विघटनको असंवैधानिक अलोकतान्त्रिक निरंकुश पश्चगामी एवं स्वेच्छाचारी कदमलाईविरुद्धमा लड्न सबैसँग अपिल समेत गरेका छन्।

कुनै एक व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी गतिविधिले पार्टीको एकताका तात्विक असर नपर्ने बताउँदै उनले त्यस्तो क्रियाकलापलाई भ्रमात्मक प्रचारको संज्ञा दिएका छन्।

‘जनताको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तन रक्षा गर्नु नै अहिलको ऐतिहासिक कार्यभार हो। राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै पनि व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न म सबैलाई अपिल गर्छु,’ विज्ञप्तिमा भनिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *