चीनलाई ताइवानी राष्ट्रपति साई को चेतावनी

 ग्लोवल टि.भी.      आइतवार, अशोज २४, २०७८      0

एजेन्सी-आफ्नो देशलाई चीनमा मिलाउने प्रयास नगर्न ताइवानी राष्ट्रपति साई इङ्ग विनले चेतावनी दिएकी छन्।

चीनले ताइवानलाई फ्नो देशमा मिलाउन कुनै प्रयास गरे त्यसको कडा कठोर मूल्य चुकाउनु पर्ने उनको चेतावनी छ।

राष्ट्रिय दिवसका अवसरमा चीनप्रति लक्षित गर्दै ताइवानीहरु दबाबसामु झुक्ने कुनै भ्रम नराख्न आग्रह गरेकी छन् ।

चिनियाँ राष्ट्रपति सी जिङफिङले ताइवानसँग शान्तिपूर्ण पुनर्एकीकरण गर्ने भनेको भोलिपल्ट वेनले ताइवानीहरु चीनसामु नझुक्ने बताएकी छन् । उनले ताइवानको लोकतान्त्रिक जीवनशैलीको रक्षार्थ सैन्य क्षमता थप मजबुत पार्ने पनि बताइन् ।

ताइवानका राष्ट्रपति साइले वर्षौँ पहिले नै ताइवानले आफ्नो भविष्य तय गरेकाले चीनको कुनै पनि दबाबमा नझुक्ने र आफ्नो सुरक्षाका लागि ताइवान कुनै पनि हालतमा पछि नहट्ने बताएकी हुन् ।

उनले ताइवानले आफ्नो नीति नियममा कुनै फेरबदल नगर्ने पनि स्पष्ट पारृकी छन् । चीनले पछिल्लोपटक ताइवानमाथि सैन्य दबाब दिँदै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *