संसद विघटन असंवैधानिक : कानुन व्यवसायी

 ग्लोबल टिभि      सोमवार, पुस ६, २०७७      0

कानुन व्यवसायीहरूले नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ’प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन निर्णय असंवैधानिक हुने बताएका छन्।

छलफलमा बोल्दै कानुन व्यवसायीहरू युवराज संग्रौला, टीकाराम भट्टराई, शम्भु थापालगायतले प्रधानमन्त्रीले गरेको संसद विघटनलाई मान्यता नदिन आग्रह गरेका हुन्।

‘संविधानमा संसद विघटनका केही निश्चित परिस्थिति छन्। अहिले ती कुनै पनि परिस्थिति छैनन्। यो संसद विघटन हुँदै होइन। तपाईंहरूले यसलाई मान्यता नदिनुस् भन्यौं,’ छलफलमा सहभागी बरिष्ठ अधिवक्ता एंव राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले भने,‘संसद विघटन नभएकाले अहिले पनि राष्ट्रपतिलाई अधिवेशन आह्वानका लागि आग्रह गर्न सकिन्छ।’

छलफलमा सबै कानुन व्यवसायीले समान खालको धारणा राखेको विडारीले जानकारी दिए। कानुन व्यवसायीहरूका कुरा सुनेपछि नेकपा अध्यक्ष प्रचण्डले यसबारे आजै बेलुकीसम्म आफूहरू निर्णयमा पुग्ने बताएका छन्।

‘कांग्रेसले आज सर्वदलीय बैठक राखेको छ। अपरान्ह ४ बजे उक्त बैठक छ। त्यसपछि हामी सामूहिक निर्णय गर्छौं,’ प्रचण्डले भने।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *