प्रधानन्यायाधीशका मान्छेलाई मन्त्री बनाएर देउवाले पार्टीको बदनाम गरेः रामचन्द्र पौडेल

 ग्लोवल टि.भी.      सोमवार, अशोज २५, २०७८      0

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन दिन पनि नटिक्नेगरी प्रधानन्यायाधीशका मान्छेलाई मन्त्री बनाएर प्रधानमन्त्रीले तमासा देखाएको बताएका छन्।

पार्टीको नवनिर्वाचित भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले सभापतिले सरकारको नेतृत्व गर्दा पार्टीको बदनाम गर्दै गएको बताए।

ुकोटामा एउटालाई मन्त्री भर्ती गरियो, बनायो दुई/तीन दिनमै राजीनामा दिनुपर्‍यो,उनले भने, यसले पार्टीको बदनाम भएको छ। नेपाली कांग्रेसको इज्जत र प्रतिष्ठामाथि खेलवाड गर्न के पार्टी सभापतिलाई अधिकार छ ? प्रधानमन्त्रीलाई अधिकार छ ?

नेता पौडेलले अबका निर्वाचनमा अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्न नपर्ने गरी पार्टीलाई अघि बढाउन आफू लाग्ने बताए।

उनले अबको निर्वाचनमा हाम्रो पार्टीका कार्यकर्ताले हँसिया, हथौडा, सूर्य, हलो कुनै पनि चिन्हमा भोट हाल्न नपर्नेगरी अघि बढ्छौं,उनले भने, तपाईंहरूले पार्टीको नेतृत्व चुन्दा विचार पुर्‍याउनुहोला।

पौडेलले पार्टीको अहिलेको नेतृत्वले कार्यकर्ताको भावना नबुझी अरू पार्टीका मान्छेलाई भोट हाल्न लगाएर आत्मसम्मानमा चोट पुर्‍याएको बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *