ग्लोबल टिभि
0
काठमाडौं । प्रमुख तीन दलको शिर्ष नेताको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद बिघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज बसेको नेकपा, काँग्रेस र जनता समाजवादी पार्टीको शिर्ष नेताको बैठकले प्रतिवाद गर्ने निर्णय गरको हो ।
बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइरालालगायत सहभागी थिए । नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए । जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता डा. बाबुराम भट्टराईलगायत सहभागी थिए ।
Post Views: 1,413
Leave a Reply