नुवाकोट बस दुर्घटनाप्रति कांग्रेस सह–महामन्त्री डा.महतबाट दुख व्यक्त

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक १, २०७८      0

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेस सह– महामन्त्री डा. प्रकाशशरण महतले दुःख व्यक्त गरेका छन् ।  डा महतले बसमा सवार मध्ये ३० जना यात्रुहरु घाइते भएको प्रति दुःख व्यक्त गरेका हुन् ।

नेता महतले दुघर्टनामा परी घाइते भएका यात्रुहरुको निशुल्क उपचार गर्न सरकारसंग आग्रह गरेका छन् । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै,उनले सडक सुधारमा राज्यको समेत ध्यानाकर्षण गराएका छन् ।

बढ्दो सवारी दुर्घटना रोक्न सरकार, ट्राफिक प्रहरी,स्थानीय प्रशासन, सवारी धनी,चालक तथा सहचालक र यात्रुहरुले पनि सजगत अपनाउन नेता महतले आग्रह गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *