मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिक अस्पतालमा

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक १, २०७८      0

काठमाडौं-नेपाली वाम आन्दोलनको उदाहरणीय व्यक्ति मोहन वैद्य ‘किरण’लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्।

दम बढेर अस्पतालमा भर्ना भएका महासचिव वैद्यलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरुले प्रचण्डलाई वैद्यको स्वास्थ्य अवस्थाबारे जानकरी दिएको स्रोतले बताएको छ ।

प्रचण्डले वैद्यको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

आइतबार बिहान नर्भिक भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पताल श्रोतले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *