सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले प्रचण्ड–माधव नेपाल समूहलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्यहरु थप्ने तयारी छ । ओली समूहले प्रचण्ड–माधव नेपाल पक्षलाई यसअघि नै कारबाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको जानकारी दिएको छ ।
निर्वाचन आयोगसँगको परामर्शपछि ओलीले १ पुसमा नै कारबाहीको पत्र आयोगलाई पठाएको एक आयुक्तले जानकारी दिए । ’प्रधानमन्त्रीसँगको परामर्शमा हामीले पत्र दर्ता गराएपनि आयोगले कानुनअनुसार प्रक्रिया अघि बढाउने सुझाव दिएका थियौं । त्यही अनुसार पहिले नै आयोगमा कारबाहीको पत्र आइपुगेको छ,’ उनले भने ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार त्यस कारबाहीले मान्यता पाउनका लागि ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर जरूरी हुन्छ । अहिले बालुवाटारमा यही प्रक्रिया पूरा गर्नका लागि केन्द्रीय सदस्यको सूची तयार भइरहेको एक केन्द्रीय सदस्यले बताए ।
प्रचण्ड–माधव नेपाल पक्षलाई कारबाही गरेपछि नयाँ केन्द्रीय सदस्य थप गर्ने तयारी ओली समूहको छ । केन्द्रीय कमिटीमा करिब ३ सय नयाँ सदस्य थपेर आजै सपथग्रहण गराउन लागिएको स्रोतले जनाएको छ ।
Leave a Reply