ग्लोबल टिभि
0
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गएनन् ।
केहीवेरअघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री निवासमै छन् ।
बादल निकट स्रोतका अनुसार उनी आफू निकट नेताहरुसँग परामर्शमा छन् । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए ।
Post Views: 1,244
Leave a Reply